कीवर्डहरू -

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना, निःशुल्क क्रेडिट कार्ड पनि पाइने

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना, निःशुल्क क्रेडिट कार्ड पनि पाइने

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ ।

बैंकले नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरूमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता पनि बैंकले सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ ।

व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।