कीवर्डहरू -

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाको सुझाव

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाको सुझाव

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाले सुझाव दिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले सबै आर्थिक क्रियाकलापलाई औपचारिक अर्थतन्त्रमा समावेश गर्न विद्युतीय माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको हो ।

सबै किसिमका राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरी राजस्व प्रशासनलाई स्वचालित बनाउन डिजिटल हस्ताक्षरलाई कार्यान्वयनमा ल्याउन कानूनी व्यवस्था गर्नुपर्ने महालेखाको भनाइ छ ।

‘भन्सारमा मालवस्तुको घोषणा, वर्गीकरण र कारोबार मूल्यमा आधारित बनाउन अन्तरदेशीय भन्सार प्रशासनसँग विद्युतीय सूचना आदानप्रदान गर्ने तथा भन्सार जाँचपास प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउन र मूल्याङ्कनलाई यथार्थपरक बनाउन भ्यालुएसन सब-मोडलको विस्तार र स्वचालित भ्यालुएसन डाटाबेस निर्माण गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।