कीवर्डहरू -

डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख

डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख

डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले  एक लाख रूपैयाँ जितेका छन् । डिशहोमको एक वर्षमा २४ महिना योजना अन्तर्गत पन्तले १ लाख जितेका हुन् ।

डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

विजेता पन्तलाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी भएर लाभ लिन सक्ने कम्पनीले जनाएको  छ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्ने डिशहोमले जनाएको छ ।