कीवर्डहरू -

फ्रान्कलिनको एउटा गल्तीले एनएफटीमा गुम्यो १ लाख ५० हजार डलर

फ्रान्कलिनको एउटा गल्तीले एनएफटीमा गुम्यो १ लाख ५० हजार डलर

एनएफटीका पावर प्लेयर तथा बोर्ड आप एनएफटीका मालिकले झुक्किएर रमाइलोका लागि बनाइएको लिलामीमा १ लाख ५० हजार डलर हारेका छन् ।

एनएफटीमा ठूलो लगानीकर्ता फ्रान्कलिन काल्डवेलले यत्तिकै रमाइलोको लागि बनाइएको लिलामीमा १ लाख ५० हजार डलर हारेका हुन् । काल्डवेल बोर्ड आप याच क्लबमा ५७ ओटा डिजिटल आर्ट एनएफटीका मालिक पनि हुन् । उनले झुक्किएर इथेरियम नेम सिस्टम भन्ने डोमेनमा सय इथेरियम गुमाएका छन् ।

मजाककै रुपमा एनएफटी किन्ने भनेर क्लिक गर्दा बिक्रेताले एकैछिनमा उनको रिक्वेस्ट मानिहाले र उनले रिक्वेस्ट डिलिट गर्न नपाउँदै पैसाको कारोबार गर्नुपर्ने भयो ।

उनले आफ्नो यो गल्ती पछि धेरै मजाक हुने र आलोचना गरिने बुझेका छन् तर एनएफटीको यति ज्ञान हुने मान्छेले पनि यस्तो गर्दा सबैलाई अचम्म लागेको छ ।