कीवर्डहरू -

मेगा बैंकको ‘एक से एक बचत खाता’, मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क

मेगा बैंकको ‘एक से एक बचत खाता’, मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । यस बचत खातामा सगरमाथा, कञ्चनजङ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामकरण गरी फरक फरक सुविधाहरु ल्याइएको बैंकले जनाएको छ ।

यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।

यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ । यस्तै क्रेडिट कार्ड सुविधा पनि उपलब्ध रहेको बैंकको भनाइ छ ।

यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।