कीवर्डहरू -

खल्तीले फेरि ल्यायो १ रुपैयाँमा फ्लाइट टिकट र आईफोन १३ जित्ने अफर

खल्तीले फेरि ल्यायो १ रुपैयाँमा फ्लाइट टिकट र आईफोन १३ जित्ने अफर

खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन् ।

त्यस्तै खल्तीबाट पहिलो फ्लाइट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यासब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यसब्याक (रू.५०० सम्म) पाउनेछन्।

साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३  जित्ने मौका समेत रहेको कम्पनीले जनाएको छ । यो अफर  आगामी भदौ १५ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।