कीवर्डहरू -

क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त 

क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त 

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि थप ३०० नयाँ  प्राविधिक कर्मचारी  नियुक्त गरेको छ । ग्राहकलाई समयमै सेवा दिन ध्यानमा दिदै कम्पनीले थप कर्मचारी नियुक्त गरेको हो ।

वर्षातको मौसममा फाइबर सम्बन्धि समस्या धेरै आउने, पानीको कारण कर्मचारी विद्युत पोलमा चढेर काम गर्न नमिल्ने भएकोले र तोकिएको समयभित्र  काम  गर्न धेरै संख्य मा कर्मचारी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

यसका साथै क्लासिक टेकको १०३ आउटलेटसंगै रहेका आफ्ना प्रयोगकर्ता हरुको लागि सपोर्टको पहुँच बढाएको छ ।

यसले गर्दा छिटो प्राविधिक  सहायता दिन मद्धत पुर्याउने छ भने मर्मत मा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको विश्वास छ ।

त्यस्तै क्लासिक टेकले आफ्नो आईपीटिभी  पनि अपडेट गरेर ल्याएको छ । नयाँ अपडेटले हेर्ने अनुभवलाई अझै राम्रो बनाउने र बफरिङको समाधान गर्ने कम्पनीले बताएको छ ।