कीवर्डहरू -

ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै

ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै

अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भएको वा नभएको हेर्न सकिने भएको छ ।  सेवाग्राहीको सहजताका लागि राहदानी विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागले सेवाहरूको सुविधालाई ध्यानमा राखे एन्ड्रोइड र आईओएसमा नेपाल ईपासपोर्ट (Nepal ePassport) नामक मोबाइल एप गरी प्रयोगमा ल्याएको जानकारी दिएको छ ।

उक्त एपमार्फत राहदानीका लागि पेश गरेको आवेदन फाराम स्वीकृत भए/नभएको, राहदानी प्रिन्ट भए/नभएको जानकारी हेर्न सकिने छ ।

नेपाल इपोसपोर्ट एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।