कीवर्डहरू -

एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका

एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका

एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि राष्ट्रिय परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सम्झौता भएको छ ।

अबको केही दिनमै राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्दैछ । यो सम्झौतासँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै एसएमएसमार्फत एसईईको नतिजा हेर्न सक्नेछन् ।

विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ स्प्यारो एसएमएसले परीक्षाको नतिजा सिंधै मोबाइल फोनमा उपलब्ध गराउने छ ।

विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूलाई एसएमएसबाटै नतिजा उपलब्ध गराउँदै आएको छ । जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी मनोज थापाले लाखौं विद्यार्थीहरूलाई आफ्नो सेवा दिन पाउँदा खुसी लागेको बताए ।

एसएमएस मार्फत कसरी हेर्ने ?

सुरूमा आफ्नो मोबाइलको एसएमएस बक्समा जानुहोस् । त्यसपछि नयाँ एसएमएस लेख्न ठाउँमा जानुहोस् र आफ्नो सिम्बोल नम्बर टाईप  गरेर एउटा स्पेश दिनुहोस् । अनि 35001 मा एसएमएस पठाउनुहोस् ।