कीवर्डहरू -

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका 

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गर्न बोर्डले आज दिउँसो २ बजे बोर्डको बैठक बोलाएको छ ।

विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ ।

नतिजा सार्वजनिक भएपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा एसएमएस पठाएर थाहा पाउन सकिने छ ।

त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्तालर १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट समेत एसईईको नतिजा थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट , राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट , खल्ती , निमा एकेडेमी , इकान्तिपुर डटकम , दि कनेक्ट प्लस , इडियु सञ्जाल , नेपाल टेलिकम र रिडर्स पोइन्टको वेबसाइट बाट समेत नतिजा थाहा पाउन सकिने छ ।

\"\"