कीवर्डहरू -

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ जना एसईई परीक्षामा सहभागी भएका थिए ।

विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । अहिले डेटा अपलोड भइरहेकाले नतिजा हेर्न केही समय लाग्न सक्ने छ ।

नतिजा SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा एसएमएस पठाएर थाहा पाउन सकिने छ ।

त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट समेत एसईईको नतिजा थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट , राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट , खल्ती , निमा एकेडेमी , इकान्तिपुर डटकम , दि कनेक्ट प्लस , इडियु सञ्जाल , नेपाल टेलिकम र रिडर्स पोइन्टको वेबसाइट बाट समेत नतिजा थाहा पाउन सकिने छ ।

\"\"