कीवर्डहरू -

एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट विदा हुँदै ज्याक मा

एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट विदा हुँदै ज्याक मा

ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट बिदा लिने निर्णय गरेका छन् । एन्ट ग्रुप अलिबाबाको कन्ग्लोमेरेट कम्पनी हो । चिनियाँँ सरकारसँग राम्रो सम्बन्ध बनाउनका लागि ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिका छोड्ने निर्णय गरेका गरेका हुन् ।

यो सँगै एन्ट ग्रुपको केही भाग ज्याक माले चिनियाँ सरकारलाई पनि दिने बताइएको छ । चिनियाँ सरकारले पटकपटक एन्ट ग्रुप कम्पनीको विभिन्न पक्षहरू नमिलेको बताएको थियो । धेरै पटक किचकिच भोग्नु परेर ज्याक माले एन्ट ग्रुपमाथिको पूर्ण नियन्त्रण त्याग्ने भएका हुन् ।

माले अहिलेको कम्पनीमा ५०.५२ प्रतिशत भोटिङ अधिकार पाएका छन् । अब उनले यो भोटिङ अधिकार अरु कार्यकारी सदस्यलाई सार्ने छन, जसमा एरिक जिंग, डाउ जोन्स पनि रहेका छन् ।

ज्याक माले कम्पनीमा धेरै काम नगर्ने पनि डाउ जोन्सकै मार्फत थाहा भएको हो । चीनले सुरु देखिनै निजी क्षेत्रलाई नियन्त्रण गर्दै आएको छ, जसले गर्दा विदेशी विज्ञहरुले चिनियाँ निजी क्षेत्र लगानी गर्ने लायक नभएको बताउँदै आएका छन् ।