कीवर्डहरू -

जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सामसङले आफ्नो केही समयपछि नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङ ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोन सार्वजनिक गर्ने आशा गरिएको छ ।

अनप्याक्ड इभेन्ट अगस्ट १० मा आयोजना हुँदैछ । अहिलेका लागि भने ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोनको विवरण लिक भएको छ । बाहिर आएको रूमरअनुसार यसमा ३ वटा रियर क्यामेरा हुने जनाइएको छ । सामसंग ग्यालेक्सी जेड फ्लिप ४ एन्ड्रोइडमा आधारित फोन हुनेछ ।

फोनमा स्न्याड्रयागन ८८८ प्रोससर प्रयोग गरिने पनि अनुमान रहेको छ । जेड फ्लिप ४ मा इनडिस्प्ले फिंगरप्रिन्ट, वाईफाई, जीपीएस, ब्लुटुथको सुविधा पनि हुनेछ ।

फोनमा एस पेनका लागि स्लट पनि रहेको छ । त्यस्तै यो कालो, डार्क ग्रै र बेइज रंगमा उपलब्ध हुने सार्वजनिक भएको ईमेजले देखाएको छ ।