शुक्रबार, ३ भदौ, २०७९
Friday, 19 August, 2022

एन्ट्री लेभलको स्मार्टफोन रियलमी सी ३१ नेपालमा, कति छ मूल्य ? 

रियलमीले नेपालमा एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । ६.५२ इन्च डिस्प्ले भएको फोनमा  ५००० एमएएचको ब्याट्रि रहेको छ ।

फोनको ब्याट्री स्ट्यान्ड-बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दावी छ । यसमा १.८ गिगाहर्जको अक्टाकोर युनिसोक टी ६१२ प्रोसेसर रहेको छ ।

रियलमी सी ३१ मा  १३ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ । एन्ड्रोइड ११ मा आधारित सफ्टवेयर राखिएको छ । 

यसको स्टोरजेलाई १ टिबीसम्म बढाउन सकिन्छ । ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको फोनको मूल्य १७ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

 

सम्बन्धित समाचार
धेरै पढिएको