कीवर्डहरू -

अनलाइनबाटै बीमा सेवा दिने मेरो बीमाको औपचारिक उद्घाटन 

अनलाइनबाटै बीमा सेवा दिने मेरो बीमाको औपचारिक उद्घाटन 

नेपालको इन्स्सोरेन्स एग्रिगेटर मेरो बीमाको औपचारिक उद्घाटन भएको छ । गत शुक्रबार सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीबाट होटल मेरीयेट काठमाडौंमा Futuristic, Banking & Insurance Summit 2022 कार्यक्रममार्फत मेरो बीमाको लोकार्पण सम्पन्न भएको हो ।

उक्त कार्यक्रम मा पूर्व बीमाकर्मी तथा मेरो बीमाका संस्थापक कोषराज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारे जानकारी तथा भविष्यमा दिने सुविधाको बारेमा जानकारी गराएका थिए ।

मेरो बीमाको मोबाइल एप र वेबसाइटबाट घरमै बसेर बीमा सम्बन्धि सेवाहरू लिन सकिने छ । मेरो बीमाले बीमा क्षेत्रमा भएका विकृतिलाई हटाउन तथा छिटो र छरितो बीमा सेवा उपलब्ध गराउने कम्पनीको विश्वास छ ।

उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंककी वरिष्ठ डिपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, आरबिआई इंडिया सेवा समितिका अध्यक्ष डा. अमिताभ राजन, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बाल कृष्ण सीवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विभन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि प्रमुखको उपस्थिति रहेको थियो । इंडिया बाट विभिन्न प्यानलिस्टको रुपमा विज्ञ हरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रम मा २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमा ५ ओटा विषय वस्तु ‘बीमा र बैंकको डिजिटलाइजेसन बारे प्यानलमा छलफल गरिएको थियो ।