कीवर्डहरू -

शनिबार इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना हुँदै

शनिबार इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना हुँदै

टेक एण्ड ट्रेन्डी स्टुडेन्ट पार्टनरले इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना गर्ने भएको छ । आउँदो शनिबार सफ्टवेरिका कलेजको ब्लक ईमा उक्त वर्कशप आयोजना हुनेछ ।

वर्कशप बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । यस वर्कशपमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन् ।

इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीको परिचय, भिन्नता, स्कोप, इथिकल ह्याकिङ ट्रिक्स, वेब सेक्युरिटी, नेटवर्क सेक्युरिटी लगायतको विषयमा वर्कशप सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

यदी तपाईलाई पनि इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा इच्छा छ भने यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।