कीवर्डहरू -

युवा दिवसको अवसरमा युवा परिषद्को भिडियो प्रतियोगिता, ४० हजारसम्म पुरस्कार जित्ने मौका

युवा दिवसको अवसरमा युवा परिषद्को भिडियो प्रतियोगिता, ४० हजारसम्म पुरस्कार जित्ने मौका

अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा राष्ट्रिय युवा परिषद्ले भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा परिषद्ले युट्यूब तथा टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

टिकटकमा भिडियो बनाउने मध्येबाट पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई  १० हजार रूपैयाँ पुरस्कार दिने जनाएको छ ।

त्यस्तै युट्युव भिडियो तर्फ प्रथमलाई ४० हजार दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । आफुले बनाएको भिडियो टिकटक र युट्युबमा राखेर त्यसको लिंक परिषदलाई पठाउनु पर्नेछ ।

टिकटक र युट्युबमा राखेको भिडियोको लिंक आउँदो साउन २२ गतेसम्म पठाइ सक्नुपर्नेछ । लिंक पठाउँदा नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र पनि अनिवार्य पठाउनु पर्नेछ । भिडियोको लिंक यहाँ क्लिक गरी मागिएको आवश्यक विवरण राखेर पठाउन सकिने छ ।