कीवर्डहरू -

मतदाता नामावली संकलन कार्य स्थगित, अनलाइनबाट आवेदन दिएकाको भोलिसम्म औंठाछाप र फोटो लिइने 

मतदाता नामावली संकलन कार्य स्थगित, अनलाइनबाट आवेदन दिएकाको भोलिसम्म औंठाछाप र फोटो लिइने 

निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । आयोगले अनलाइन प्रविधिबाट समेत संकलन गर्दै आएको कार्य स्थगित गरेको छ ।

सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभागको  निर्वाचन गर्ने निर्णय गरेसँगै शुक्रबारबाट आयोगले कार्यालयमै गएर तथा अनलाइनबाटै मतदाता नामावली संकलन गर्ने काम स्थगित गरेको हो ।

तर अनलाइनबाट मतदाता नामावली संकलनका लागि अनलाइन फारमभरि औंठाछाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूले साउन २१ गतेसम्म औंठाछाप र फोटो लिने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले असार २९ गते अनलाइनबाटै मतदाता नामवली संकलन गर्ने व्यवस्था मिलाएको थियो ।