कीवर्डहरू -

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् बैठकले ढकाललाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई चार वर्षका लागि नियुक्त गरिएको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी हुन् ।

यसअघि लुम्बिनी प्रदेशको शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयले उपकुलपतिका लागि आवेदन माग गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो पूर्ण स्वामित्वमा सञ्चालन हुने गरी बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्दैछ ।