कीवर्डहरू -

आफैले बनाएको फाइभजी सार्वजनिक गर्दै भारत

आफैले बनाएको फाइभजी सार्वजनिक गर्दै भारत

भारतले चाँडैनै आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भएको छ । आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भारत पहिलो देश हुनेछ । भारतका केन्द्रिय मन्त्री राजिभ चन्द्रशेखरले हालैमा भारत आफ्नै फाइभजी वितरण गर्ने पहिलो देश हुने बताएका छन् ।

यो फाइभजी नेटर्वक भारतमै डिजाइन तथा निर्माण गरिएको हो । यसको डिजाइनिगंको काम भारतीय कम्पनी रिलायन्स जियोले गरेको हो ।

उनले अहिलेसम्म टूजी, थ्रिजी र फोरजी नेटवर्क सबैका लागि बाहिरबाट स्रोतसाधन आयात गरिन्थ्यो तर यो पालि भने सबै आफ्नै सामानहरु प्रयोग गर्ने बताए ।

यसका लागि भारतीय सरकारले रिलायन्स जियोलाई १.५ लाख करोड दिने भएको छ । चन्द्रशेखरले यो भारतका लागि ठूलो कोसे ढुङ्गो रहेको पनि बताएका छन् । यो क्षेत्रमा अरु देशहरु खासै विकास गर्न नसक्दा भारतले आफ्नै फाइभजी निर्माण गर्नु ठूलै कुरा हो ।