कीवर्डहरू -

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्यापिटलको अनुमतिपत्र दिएको छ । बोर्डको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले ग्लोबलाई भीसीको अनुमतिपत्र प्रदान गरेको बताएका हुन् ।

साथै बोर्डले भेन्चर क्यापिटल सञ्चालनका लागि दरखास्त दिने अन्य ८ कम्पनीहरुलाई अनुमतिपत्र लिन दिन अघि पूर्वाधार तयार गर्न आह्वान गरेको छ ।

ग्लोबल इक्विटी फण्डसँगै एनएमबी क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, अवसर फण्ड लिमिटेड र आध्यान्त फण्ड लिमिटेडले सञ्चालन लाइसेन्सका लागि बोर्डमा दरखास्त दिएका थिए ।

कम्पनीहरुले भेन्चर क्यापिटल सञ्चालनका लागि कम्पनीहरुले आवश्यक पूर्वाधार तयार गरिसकेपछि मात्र नयाँ लाईसेन्स दिने बोर्डले बताएको हो । अध्यक्ष हमालले भेन्चर क्यापिटलको लागि लाईसेन्स वितरणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।

बोर्डले भेन्चर क्यापिटलको लाइसेन्स दिने तयारी गरेका कम्पनीहरुमा अधिकांश मर्चेन्ट बैंकरहरु रहेका छन् । त्यस्तै २ सामूकिक लगानी कोष (म्युचल फण्ड) छन् ।