कीवर्डहरू -

सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ 

सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ 

सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव दिने एकजनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालबाट मानसिक तनाव, दुःख र हैरानी दिएको आरोपमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ०३. टाँकु बस्ने वर्ष २९ को मोहन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई ईलाका प्रहरी कार्यालय कपिलवस्तुको सहयोगमा मिति साउन १९ गते गरिएको हो ।

कुँवरलाई पाँच दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान कार्य भई रहेको साइबर ब्यूरोले जनाएको छ ।