कीवर्डहरू -

‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी

‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी

मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक कार्यक्रममा  बाइनरी गेटवेले तयार पारेको एप मेरो मम्मा सार्वजनिक गरिएको हो ।

मेरो मम्मा एउटा ईकमर्स प्लेटफर्म हो । मेरो मम्माले कुनै एक महिला गर्भवति भएको पहिलो दिन देखि आउने सबै समस्याहरुको समाधानको लागि सेवा उपलब्ध गराउने छ ।

यो एपका बिशेषताहरू गर्भधारण सम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सल्लाह, बिज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफुजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसंगको अनलाईन समुहका साथै गर्भधान र शिशु सामाग्री किन्नका लागि सरल र सहज अनलाईन पसल रहेका छन् ।

गर्भवती तथा नबजात शिशुका अभिभावकको सुन्दर परिवारको परिकल्पनानामा साथ दिन आएको यो एप नेपालको बजारमा पहिलो प्रयोग हो ।

\"\" यसले अभिभावकत्वको विभिन्न चरणमा चाहिने सामग्री तथा सेवाहरु प्रदान गर्ने बताइएको छ । एपमा एजुकेसन तथा सूचनामूलक सामग्री समेत पाइने छन् ।

मेरो मम्माको मोबाइल एन्ड्रोइड आईओएस मा उपलब्ध रहेको छ । यसबाट बेबी केयर, गियर, बाथ, किताब लगायतका बेबी एक्सेसरिजहरू खरिद गर्न सकिने छ ।

यसबाट मातृ तथा वाल शिक्षा र स्वास्थ्यसंग सम्बन्धित रहकोले यसबाट सबैलाई लाभ मिल्ने कम्पनीको विश्वास छ ।एप उदघाट्न पश्चात सुरुवातमा ग्राहकहरुको लागि निशल्क डेलिभरी, छुट, तथा विभिन्न उपहारहरु पनि प्रदान गर्ने मेरो मम्माका संस्थापकद्वय  रवि अग्रवाल तथा आशिष अग्रवालले जानकारी दिए ।