कीवर्डहरू -

डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद

डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघुजलविद्धुतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले जिते नगद एक लाख ।

अब १ वर्षको डिशहोमको रिचार्ज गर्दा रोल्पाको माडी गाउँपालिका घर्तिगाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलविद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय विजय कुमार घर्तीले एक लाख नगद जितेका छन् ।

नमुना स्याटलाईट प्रालि डिलर अन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलर दाई चन्द्र घर्ती कोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती ,भबन सिह बुढा,ससिराम बुढाको उपस्थितिमा जितिएको पुरस्कार रकम हस्तान्तरण गरिएको थियो ।

यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागि हुन पाउने छन् ।

यस योजना अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् ।

विजेता खड्कालाई  हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल र डिशहोम शोकेसमा हेर्नसक्नु हुन्छ ।