कीवर्डहरू -

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी) सेवा शुभारम्भ भएको हो ।

यससँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।

नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी (भ्-एबथmभलत) सेवा शुरु गरेको हो ।

उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा  नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो हुने बताए ।

सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवर्द्धन गर्न लागि पर्नु पर्ने उनको भनाइ छ ।