कीवर्डहरू -

बाईडुको रोबोट्याक्सी अब सेफ्टी ड्राइभर बिना पनि चलाउन सकिने

बाईडुको रोबोट्याक्सी अब सेफ्टी ड्राइभर बिना पनि चलाउन सकिने

बाईडुको रोबोट्याक्सी अब सेफ्टी ड्राइभर बिना पनि चलाउन सकिने भएको छ । बाईडुको रोबोट्याक्सीले अहिले चीनमा सेवा प्रदान गरिरहेको छ ।

अहिलेसम्म बाईडुले कोही ड्राइभर वा फ्रन्ट प्यासेनजर सिटमा कोही रहेमा मात्रै रोबोट्याक्सी चलाउने अनुमति पाएको थियो तर अब भने ड्राइभर बिना पनि बाईडुको रोबोट्याक्सी सञ्चालन गर्न सकिने भएको छ । अब यात्रुहरु मात्रै बसेर पनि रोबोट्याक्सी सञ्चालन गर्न सकिने भएको छ ।

यो सेवा अहिलेका लागि दिउँसोको समयमा मात्रै सुचारु गर्न पाइनेछ । यो रोबोट्याक्सी अहिलेका लागि वुहान र चोगंसिगंमा चल्ने गर्दछन् ।

रोबोट्याक्सीमा थुप्रै सुरक्षा फिचरहरु रहेको पनि बाईडुले बताएको छ । यस कम्पनीले केही समय देखि आफ्नो रोबोट्याक्सी अमेरिकामा पनि जाँच गर्दै आएको छ ।