कीवर्डहरू -

२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक

२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक

मोटोरोलाले विश्वकै पहिलो २०० एमपी क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । फोनको नाम मोटोरोला एक्स ३० प्रो हो । फोनमा सामसङ एचपी १ २०० एमपी सेन्सर रहेको छ ।

मोटोरोला एक्स ३० प्रोमा स्न्यापड्रयागन एट प्लस जेन वान चिप प्रयोग गरिएको छ । फोनलाई १९ मिनेटमै शत प्रतिशत चार्ज गर्न सकिन्छ । फोनमा २०० एमपी क्यामेरासँगै ५० एमपीको अल्ट्रावाईड सेन्सर र १२ एमपीको टेलिफोटो सेन्सर रहेको छ ।

यसमा ६० एमपीको सेल्फी क्यामेरा पनि रहेको छ । अहिलेका लागि यो फोन चीनका लागि मात्रै सार्वजनिक भएको छ । यसको ८ १२८ जिबी मोडेलका लागि ५४९ डलर पर्ने गर्दछ ।

त्यस्तै १२ जीबी र्‍याम र ५१२ जीबी आन्तरिक मेमोरीको ६६८ डलर मूल्य तोकिएको छ । हालैमा कम्पनीले एक फोल्डेबल फोन पनि सार्वजनिक गरेको थियो र यसको नाम राजर २०२२ रहेको छ ।