कीवर्डहरू -

रियलमी नार्जो सिरिजको नयाँ फोन नेपालमा, ३९ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्ने

रियलमी नार्जो सिरिजको नयाँ फोन नेपालमा, ३९ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्ने

रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल-अराउन्डर स्मार्टफोन- रियलमी नार्जो ५०ए प्राइम नेपालमा सार्वजनिक गरेको छ ।

अल्ट्रा-स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच ब्याट्री, र एआई-सक्षम क्यामेरा राखिएको सोस्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश छन् ।

नयाँ स्मार्टफोनले प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने रियलमी नेपालका हेड मुनिष गिरीले बताए । ६.६ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित एआई ट्रिपल क्यामेरा रहेका छन् ।

रियलमी नार्जो ५०ए प्राइममा युनिसोक टी ६१२ प्रोसेसर राखिएको छ । स्मार्टफोनमा मेगा ५००० हजार ब्याट्री जडान गरिएको छ । यसले प्रयोगकर्ताहरूलाई नन-स्टप प्रयोगको मजा लिन र स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्ने कम्पनीको दावी छ  ।

फिंगरप्रिन्ट सेन्सर फोनमा उपलब्ध छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको रियलमी नर्जो ५० ए प्राइमको मूल्य २१ हजार ७९९ रूपैयाँ तोकिएको छ ।