कीवर्डहरू -

सामसङको अनप्याक्ड ईभेन्टमा के के भए सार्वजनिक ? 

सामसङको अनप्याक्ड ईभेन्टमा के के भए सार्वजनिक ? 

सामसंगले बुधबार अनप्याक्ड ईभेन्ट आयोजना गरेको थियो । यस ईभेमा कम्पनीले नयाँ फोल्डेबल डिभाइसहरु देखाएको थियो जसमा ग्यालेक्सी जेड फोल्ड फोर र ग्यालेक्सी जेड फ्ल्पि फोर रहेका थिए ।

सामसंगले नयाँ वेयेरेबल पनि सार्वजनिक गरेको थियो । आउनुहोस् सामसङको अनप्याक्ड इभेन्टमा के के सार्वजनिक भए र तीनमा के के फिचर छन् जानौं ।

सामसङ्ग ग्यालेक्सी जेड फ्लिप ४

सामसङले आफ्नो केही समयपछि नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ३ वटा रियर क्यामेरा हुने जनाइएको छ ।

सामसंग ग्यालेक्सी जेड फ्लिप ४ एन्ड्रोइडमा आधारित फोन हुनेछ । फोनमा स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको छ ।

जेड फ्लिप ४ मा इनडिस्प्ले फिंगरप्रिन्ट, वाईफाई, जीपीएस, ब्लुटुथको सुविधा पनि हुनेछ । यसमा ३,७०० एमएृएचको ब्याट्री पनि रहेको छ । यसले पहिलेको फोन भन्दा ६५ प्रतिशत बडि ब्राईटनेस दिने गर्दछ । फोनमा एस पेनका लागि स्लट पनि रहेको छ । त्यस्तै यो कालो, डार्क ग्रै र बेइज रंगमा उपलब्ध हुने भएको छ ।

यस फोनको प्रिअर्डर अगस्त २६ देखि सुरु हुुने भएको छ । यसमा १२ जिबी र्याम तथा २५६ जिबी स्टोरेज भएको भर्सनका लागि १,००० डलर पर्ने गर्दछ ।

सामसङ्ग ग्यालेक्सी जेड फोल्ड ४

कम्पनीले फेरि पनि फोल्डिङ फोन ल्याउने भएको छ । यो फोनमा स्क्रीन क्यामेरा टेक्नोलोजी प्रयोग गरिएको कार्यक्रममा बताइएको थियो ।

यो फोनले एस पेन सपोर्ट पनि पाएको छ । यसमा सामसङले बनाइरहेको अल्ट्रा थिन ग्लास टेक्नोलोजी पनि प्रयोग भएको छ ।

फोनमा स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको छ । यसमा ५० मेगापिक्सेलको प्रमुख क्यामेरा रहेको छ । त्यस्तै यसमा तीन चोटि सम्म जुम गर्न सकिने टेलिफोटो लेन्स पनि रहेको छ ।

यसमा एन्ड्रोइड १२ एल प्रयोग गरिएको छ । यसमा रिडिजाइन गरिएको टास्कबार पनि रहेको छ । यस फोनको प्रिअर्डर अगस्त २६ देखि सुरु हुुने भएको छ । यसमा १२ जिबी र्याम तथा २५६ जिबी स्टोरेज भएको भर्सनका लागि १,८०० डलर पर्ने गर्दछ ।

सामसंगले ग्यालेक्सी बड्स टू प्रो

सामसंगले ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा केही समय देखि काम गर्दै आएको र कम्पनीले अनप्याक्ड ईभेन्टमा सार्वजनिक गरेको छ ।

आगामी ग्यालेक्सी बड्स टू प्रो सेतो, ग्रेफाईट र पर्पल रंगमा सार्वजनिक रहनेछन् । ग्यालेक्सी बड्स टू प्रोको डिजाइन पनि सन् २०२१ मा सार्वजनिक भएको ग्यालेक्सी बड्स प्रो जस्तै रहेको छ ।

बड्सको ब्याट्री लाइफमा भने परिवर्तन आउने भएको छ । यसमा न्वाइज क्यान्सिलेसन फिचर पनि हुनेछ । यसले सजिलै सामसङको कुनै पनि हार्डवेयरसँग काम गर्न सक्छ । यसमाक्लुटूथ ५.३, २४ बिट अडियो सपोर्ट पनि रहेको छ ।

यसमा एउटा इन्टेलिजेन्ट भ्वाइस डिटेक्ट भन्ने फिचर पनि रहेको छ । यसले तपाईले कोही सँग कुरा गर्दा तपाईको बड्समा बजिरहेको गीतको भोल्यूम सानो पारिदिने गर्दछ ।

यसलाई २३० डलरमा प्रिअर्डर गर्न सकिन्छ र यसको प्रिअर्डर सुरु भईसेको छ । पछि किन्दा ३० डलर अझै थप हालेर किन्न पाइनेछ ।

ग्यालेक्सी वाच फाइभ र ग्यालेक्सी वाच फाइभ प्रो

ग्यालेक्सी वाच फाइभ र ग्यालेक्सी वाच फाइभ प्रोको पछाडिबाट सर्फेस एरिया बडाउनलाई अलि ठूलो बनाइएको छ । यसमा नयाँ इन्फ्रारेड सेन्सर पनि रहेको छ । यसको बाहिरी सिसा पनि अझै धान्ने किसिमको रहेको छ ।

यसमा पहिलेको भन्दा ठू्रूलो ब्याट्रीको प्रयोग गरिएको छ । यसमा ५९० एमएएचको ब्याट्री रहेको छ । यसलाई २८० डलरमा प्रिअर्डर गर्न सकिन्छ र यसको प्रिअर्डर सुरु भईसकेको छ ।