कीवर्डहरू -

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल

एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । बिहिबार बैंकले एक कार्यक्रमको आयोजना गरी उक्त रकम बराबरको कर्जा लगानी भित्र्याएको जनाएको हो ।

एनएमबि बैंकका प्रमख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आंगबीच उक्त समझदारी आदान प्रदान भएको थियो ।

केसीले नेपालमा लिक्वीडिटीको समस्या भईरहँदा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याउनु ठूलो कुरा भएको बताएका छन् । यस कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्नेछ केसीले बताए ।

एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

कोभिड जस्तो विकट परिस्थितिमा पनि बैंकले कर्जा लगानी ल्याउन सफल भएको पनि केसीले बताएका थिए । अहिले आयात बढ्तै गरेको र डिफिसिट घट्न नसेकेको क्रममा यस लगानीले नेपाली अर्थ क्षेत्रमा ठूलो योगदान पुर्याउने केसीको भनाई पनि थियो ।

उनले यस कर्जा लगानीले अरु बैंकहरुका लागि पनि बाटो खोलिदिएको बताएका छन् । बैंकले राम्रो काम गरिरहको र कर्जा स्वरुप लिएको पैसा फर्काउन सक्छु भनेर प्रत्याभूति गर्ने स्टार्टअपहरुलाई पनि कर्जा दिने बताएको छ ।

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड(१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको जनाएको छ ।