कीवर्डहरू -

विद्युतीय सवारीको एक्सपो आयोजना गर्दै नाडा

विद्युतीय सवारीको एक्सपो आयोजना गर्दै नाडा

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक नाडा इभी एक्सपो २०२२ गने निर्णय गरेको छ । अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समितिको आठौँ बैठकले असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा एक्सपो आयोजना गर्ने निर्णय गरेको हो ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । यसका लागि भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।