कीवर्डहरू -

चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी

चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी

चिनियाँ प्रविधि फर्मले जिपियू चिप लञ्च गरेर कम्प्युटिंगको लागि नयाँ युग हुने दावी गरेका छन् । बाईरेन टेक्नोलोजी नामक चिनियाँ प्रविधि फर्मले ७ न्यानोमिटरको ग्राफिक प्रोसेसिंग यूनिटको निर्माण गरेको छ ।

कम्पनीले यस चिपको एकदमै राम्रो कम्प्युटिंग क्षमता रहेको दावी गरेको छ । यो चिपको नाम बिआर १०० रहेको छ र यो चिप बजारमा रहेका अरु चिप भन्दा तीन गुणा राम्रो रहेको कम्पनीले दावी गरेको छ ।

यसले सिपियू भन्दा अझै राम्रो कम्प्युटेसनको काम गर्ने गर्दछ । बाईरेनको अनुसार चिपलाई क्लाउडमा आधारित आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रशिक्षण गर्नका लागि प्रयोग गरिन्छ ।

यसमा मल्टिपल प्रोसेसरहरु प्रयोग गरिएका छन् । यसले एकीकृत ईकोसिस्टम बनाउनलाई मद्दत गर्ने गर्दछ । बाईरेन चिप ताइवान सेमिकण्डकटर म्यानुफ्याक्चरिंग् कम्पनीले निर्माण गरेको हो ।