कीवर्डहरू -

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने

हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले थप सुविधाहरू थप्न उत्साहित बनाएको एपले जनाएको छ ।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमूलका मानिसहरूको दैनिक तथा सांस्कृतिक जीवनमा महत्त्वपूर्ण साथी बन्न सफल लोकप्रिय हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसहरूको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ।

अहिले थपिएका सुविधाहरूमा विशेषज्ञ डाक्टरहरूले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिका अनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरहरूसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ । पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ ।

यस अघि बिरामी र डाक्टर दुईजना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकता अनुसर परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरहरूले कन्फरेन्स कल गरेर एकै पटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको छ।

हाम्रो पात्रो इंकका फाउन्डर तथा सीईओ शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँग कन्फरेन्स कलमा बस्न सक्ने बताए ।

उनले यो थपिएको सुविधाहरूले प्रयोगकर्ताहरूको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाहरूको समाधान गर्न थप सहयोगी हुने बताए ।

डाक्टरको विशेषज्ञता र अनुभवको सूची हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउन सेवाहरू थपेको हाम्रो पात्रो हेल्थले जनाएको छ ।

हाम्रो पात्रोका अनुसार डाक्टरले आफ्नो अनुभवको आधारमा एपमा आफ्नो सेवाशुल्क निर्धारण गर्न सक्नेछन् ।डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीको लागि उपलब्ध हुने समय तालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधि भित्र निःशुल्क फलो-अपको सुविधा पनि राखिएको छ । यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन् ।

हाम्रो पात्रोका साना स्वास्थ्य समस्या तथा जिज्ञासाहरूमा पनि डाक्टरलाई भेट्न थुप्रो समय खर्च गर्नुपर्ने र असहजता भोग्नुपर्ने अवस्थालाई हाम्रो पात्रो हेल्थले सहज बनाएको छ ।

प्रविधिको माध्यमबाट इन्टरनेट उपलब्धता भएको जुनसुकै सुगम र दुर्गम ठाउँका सबै स्थानमा टेलिहेल्थको सेवा सबैको लागि सहयोगी मात्र भएको छैन खर्च र समयको पनि बचत गरेको छ र अनावश्यक यात्रा घटाएको छ ।