कीवर्डहरू -

चीनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा भिभो

चीनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा भिभो

चीनियाँ स्मार्टफोन बजारमा स्मार्टफोन निर्माता कम्पनी भिभो पहिलो स्थानमा रहेको छ । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साका साथ चीनमा भिभो पहिलो स्थानमा रहन सफल भएको छ ।

विशेष गरी युवाहरूलाई लक्षित गर्दै भिभोले आफ्ना प्रडक्टहरू सार्वजनिक गर्ने भएको छ। हाल भिभोले ६० भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाएको छ।

विभिन्न मूल्य दायरामा विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ ।