कीवर्डहरू -

ई-लर्निङ प्लेटफर्म तयार गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

ई-लर्निङ प्लेटफर्म तयार गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ई-लर्निङ प्लेटफर्म तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणले अहिले प्लेटफर्म विकास गरिरहेको छ ।

यस मार्फत विपद्का विषयहरुबारे आधारभूत जानकारी लिन सकिने छ । इलर्निङ प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ ।
विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चारवटा मोड्युल राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रमभित्र तीनवटा मोड्युल राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा. डिजन भट्टराईले आगामी दिनमा यसलाई थप परिस्कृत गर्दै लैजाने प्राधिकरणको उद्देश्य रहेको बताए ।

विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरुका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा. भट्टराईले बताए ।
इलर्निङ्ग प्लेटफर्मको बारे बुधबार प्राधिकरणका कर्मचारीहरुबीच पहिलो परीक्षण कक्षा सम्पन्न गरिएको छ । यसमा आएका सुझावहरुलाई समावेश गरी पाठ्यक्रमलाई अन्तिम रुप दिइने प्रवक्ता डा. भट्टराईले बताउँछन् ।

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रुपमा पहुँच पुर्याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपदबारे बुझ्न मद्दत गर्ने प्राधिकरणको अपेक्षा छ ।

इलर्निङ्ग प्लेटफर्म प्राधिकरणले योङ्ग इनोभेसन र सम्बन्धित विषय विज्ञहरु वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।