कीवर्डहरू -

एक वर्षमा वर्ल्डलिंकको कमाइ झन्डै ८ अर्ब

एक वर्षमा वर्ल्डलिंकको कमाइ झन्डै ८ अर्ब

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सन् २०२१ मा करिब ८ अर्ब रूपैयाँ आम्दानी गरेको छ ।

केयर रेटिङ नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रूपैयाँ आम्दानी गरेको छ ।

उक्त आम्दानी मध्ये वर्ल्डलिंकले ४१ प्रतिशत रिटेल ग्राहक र ७ प्रतिशत कर्पोरेट ग्राहकबाट आम्दानी गरेको छ । सन् २०२० भन्दा सन् २०२१ मा वर्ल्डलिंकले आफ्नो आम्दानी बढाएको छ । २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रहेकमा सन् २०२१ मा झण्डै ८ अर्ब कमाएको छ ।

वर्ल्डलिंकले सन् २०२२ को नौं महिनामा ६ अर्ब ७२ करोड ४० लाख रूपैयाँ आम्दानी गरेको छ । २६ वर्ष अगाडि स्थापना भएको वर्ल्डलिंकले ३१ प्रतिशत बजारहिस्सा ओगटेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमआईएस रिपोर्ट अनुसार वैशाखसम्म वर्ल्डलिंकका ६ लाख ३० हजार २९६ जना ग्राहक रहेका छन् । नेपालभित्रै कुल ब्याण्डविथको ४० प्रतिशत वर्ल्डलिंकले मात्र खपत गर्दै आएको छ ।

वर्ल्डलिंकले ७० बढी जिल्लामा १४० शाखा स्थापना गरेको छ भने १० हजार बढी कार्यालयमा इन्टरनेट जडान गरेको छ । कम्पनीले अहिलेसम्म १३ हजार ६४६ किलोमिटर फाइबर विस्तार गरेको छ ।

वर्ल्डलिंकले सन् २०२२ मा १४० स्थानमा नेटवर्क स्थापना गरेको छ भने सन् २०२३ मा १२० ठाउँमा नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । वर्ल्डलिंकमा सन् २०१९ मा बेलायतको सीडीसी ग्रुपले १२ मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।