कीवर्डहरू -

माइदीयाको एसी नेपाली बजारमा, मोबाइलबाटै चलाउन सकिने

माइदीयाको एसी नेपाली बजारमा, मोबाइलबाटै चलाउन सकिने

एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर (एसी) बजारमा लिएर आएको छ । अत्याधुनिक टेक्नोलोजी तथा आधुनिक प्रविधीहरुको संयोजन रहेको यो एसीको सिमलेस हावा प्रवाह र ८० प्रतिशत बिजुली खपत मूल विशेषता रहेको छ ।

यो नयाँ पुस्ताको माइदीया ब्रिजलेस एयर कन्डिसनरको नयाँ तथा आधुनिक प्रविधिहरू, ऊर्जा बचत मोड र स्टाइलिश डिजाइनले तपाईलाई प्रभावित पार्नेछ । यसमा रहेको वाइफाई कन्ट्रोल फिचरले स्मार्टफोन वा ट्याब्लेटबाट नै एसी चलाउन सकिन्छ ।

आफूले रोजेको र खोजेको वस्तु आफ्नो बजेटमा आएपछि मानिसहरू एयर एक्सपर्टस् तिर आकर्षित भएको पाइन्छ। व्यवसाहिक जडान, वारेन्टीका साथ पार्ट्सहरू पनि सजिलै पाइने भएकाले ग्राहकमा सन्तुष्टि पनि छ।

Midea र Mitsubishi जस्ता ठूला उत्पादक कम्पनीको सिस्टमलाई आत्मसाथ गर्दै एयर एक्सपर्टस् कम्पनी अगाडि बढी रहेको छ ।

एयर एक्सपर्टस्को अफिस काठमाण्डौंको थापाथलीमा पञ्चायनमार्गको शारदा ग्रुप बिल्डिंगमा अवस्थित छ । यस बारे थप जानकारी लागिअफिसियल वेबसाइट https://airexperts.com.np/ बाट लिन सकिने छ ।