कीवर्डहरू -

कंचनपुरमा डिशहोम फाईबरनेटको सह-वितरण शोरूम उद्घाटन

कंचनपुरमा डिशहोम फाईबरनेटको सह-वितरण शोरूम उद्घाटन

आक्रामक रूपमा इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह-वितरण शोरूमको सुभारम्भ गरेको छ ।

शोरूम समुद्धघाटन, डिशहोमका तर्फवाट रजिनलसेल्स म्यानेजर जेबी गुरुङ, एरियासेल्स  म्यानेजर नर्मिल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको  न्यू केदार  ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया शोरूम मार्फत दिनेछ।

श्रावन २६ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार  ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागि पनि यस नयाँ शोरूमले मद्दत गर्ने न्यू केदार  ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिए ।