कीवर्डहरू -

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टमा दोस्रो रनरअप भयो नेपाली टिम

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टमा दोस्रो रनरअप भयो नेपाली टिम

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम दोस्रो रनरअप हुन सफल भएको छ । हरेक देशबाट प्रतिनिधि हुने यस रोबोकनमा नेपालबाट त्रिभुवन विश्वविद्यालय आईओई टिमले सहभागिता जनाएको थियो ।

नेपालले विश्वस्टेजमा भारतको टिम इन्डिया यूनिभर्सिटीः निर्मा यूनिभर्सिटी र टिम थाइल्याण्डः नाखोनायोक टेक्निकल कलेजलाई हराउँदै टेबल टप भएर सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो तर हङ्कङसँग सेमिफाइनलमा नेपालले हारेर दोस्रो रनर अप भएको हो ।

प्रतिस्पर्धामा विजयी चाइनिज यूनिभर्सिटी अफ हङ्कङ भएको थियो र पहिलो रनर अप इन्डोनेसियाबाट इन्स्ट्यिुट टेक्नोलोजी सेपलअ भएका थिए ।

नेपालबाट रहेको प्रतिनिधि टिममा ६ जना सदस्य रहेका थिए । त्रिभुवन विश्वविद्यालय आईओइले बनाएको रोबोटले लगोरी नामक गेम खेल्ने गर्दछ, जसलाई लक्कुढाल पनि भनिन्छ ।

एबियू रोबोकन सन् २००२ देखि एसिया प्यासिफिक ब्रोडकास्टिगं यूनियनले सञ्चालन गर्दै आएको प्रतिस्पर्धा हो । यस प्रतिस्पर्धाले इन्जियनिरिंग क्षेत्रको र प्रसारण प्रविधिको विकासका लागि काम गर्ने गर्दछ ।