कीवर्डहरू -

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।

यो सेवापछि  अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेयरमार्फत सुरू गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने कम्पनीको विश्वास छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान संगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ७० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेब मेरो डाक्टरमार्फत अनलाइन टेलिमेडिसन सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

साथै, मेरो डाक्टर मोबाइल एप तथा वेबमार्फत उपलब्ध केही पूणर्कालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नुहुनेछ ।