कीवर्डहरू -

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको सहकार्य

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको सहकार्य

नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने  ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले सहकार्य गरेको छ ।

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् ।

सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोमा अन्तिम ६ मा आशिष शाह, विमर्ष पौडेल, दर्शना रिजाल, निश्चल सिंह विष्ट, राहुल रञ्जन शाह, सृजना गौतम पर्न सफल भएका छन् ।