कीवर्डहरू -

१३ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुने साओमी १२ लाइट नेपालमा, के के छन् अन्य सुविधा ? 

१३ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुने साओमी १२ लाइट नेपालमा, के के छन् अन्य सुविधा ? 

नेपाली बजारमा साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट सार्वजनिक गरेको छ । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा भएको साओमी १२ लाइट नेपालमा सार्वजनिक भएको हो ।

६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको फोनमा ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान कम्पनीको भनाइ छ ।

त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.० र ट्रु डिस्प्ले राखिएको छ । डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजी पनि साओमी १२ लाइटमा प्रयोग भएको छ ।

साओमी १२ लाइटमा स्न्यापड्रयागन ७७८ जी चिपसेट राखिएको छ । यसले राम्रो परफर्मेन्स प्रदान गर्नुका साथै मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँने छ । त्यस्तै फोनमा ४३०० एमएएचको ब्याट्री रहेको छ ।

त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुनेछ । साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ ।

६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको साओमी १२ लाइटको मूल्य ५० हजार ९९९ रूपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको फोनको मूल्य ५३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।