कीवर्डहरू -

टीसीएलको ‘अजम्बरी खुशी’ योजना, सामान किन्दा नगद छुट र उपहार

टीसीएलको ‘अजम्बरी खुशी’ योजना, सामान किन्दा नगद छुट र उपहार

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रु. १४,७०० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्नेछन् । त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १९,३०० सम्मको छुटका साथै ६ केजीको वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन् ।

रेफ्रिजेरेटरको खरिदमा रु. ३५,७०० को छुट पाउन सक्नेछन् भने एअर कन्डिसनरको खरिदमा रु. ३५,४०० सम्मको छुटका साथै रु ४,००० बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन् ।

साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,३०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,७०० र साउन्ड बारको खरिदमा रु ६,००० सम्मको छुट पाउन सक्नेछन् ।  यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।