कीवर्डहरू -

भदौ १५ गतेसम्म आइसिटी अवार्डमा आवेदन दिन सकिने, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन 

भदौ १५ गतेसम्म आइसिटी अवार्डमा आवेदन दिन सकिने, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन 

आउँदो भदौ १५ गतेसम्म सातौं आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने भएको छ । गत साउनदेखि सुरु भएको अवार्डको नोमिनेसन भदौ १५ गतेसम्म खुला हुने भएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा चिनिएको आइसिटी अवार्डमा आवेदन दिने समय अब केही दिन मात्रै बाँकी रहेको छ । सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति, स्टार्टअप तथा संस्थाहरूले आइसिटी अवार्डमा आवेदन दिन सक्ने छन् ।

यस वर्ष नोमिनेशन विभिन्न १२ विधामा नोमिनेसन खुला गरिएको गरिएको छ । ११ विधाहरूमा क्याटेगोरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इनोभेसन सम्बन्धित विधाहरू छन् ।

त्यस्तै आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरूलाई दिइने अवार्डका विधाहरूमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड छन् ।

यो वर्षदेखि आइसिटी अवार्ड साउन एशिया आइसिटी अवार्ड विधा थप गर्दै दक्षिण एशियामा पनि प्रवेश गरेको छ । यसमा सार्कमा आवद्ध रहेका देशहरूले सहभागिता जनाउन सक्नेछन् । यी १२ विधाका लागि ictaward.org मा गएर अनलाइनबाटै आवेदन दिन सकिने छ ।

\"\"

नेपालको सबैभन्दा प्रतिष्ठित र भब्य अवार्डका बिभिन्न १२ विधाका लागि ictaward.org मा गएर अनलाइनबाटै आवेदन दिन सकिने छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको आइसिटी अवार्ड सन् २०१६ देखि हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले डिसेम्बरमा आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन ५ भन्दा बढी चरणममा उत्कृष्ट छनोट गरिने जानकारी दिएको छ ।

१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रस्तुतीकरण, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । यस वर्ष २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।