कीवर्डहरू -

मोबाइल व्यवसायीका लागि नबिल बैंकको वित्तिय अन्तक्रिया कार्यक्रम सम्पन्न

मोबाइल व्यवसायीका लागि नबिल बैंकको वित्तिय अन्तक्रिया कार्यक्रम सम्पन्न

नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्युआर मर्चेन्ट र फोनलोनकोबारेमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्‍याउने समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता लगायतका कार्यक्रमहरु ल्याएको जानकारी गराए ।

उनका अनुसार नबिल च्यानल फाइनान्सिङलेले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने नबिल फोन लोनले अब क्युआर व्यापारीलाई  कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ ।

त्यसैगरी उनले क्युआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्युआर र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए ।

कार्यक्रममा “चोरी नियन्त्रण र सतर्कता” शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरुका रुपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक  सुजन केसी, नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादो र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो भने संवाद कार्यक्रमको संचालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए ।