कीवर्डहरू -

सन् २०२२ को दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड

सन् २०२२ को दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सन् २०२२ को दोस्रो त्रैमासिकमा १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको छ ।

एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमासिकमा एनसेलले १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको हो ।

गत आर्थिक वर्ष सोही अवधिमा एनसेलले १० अर्ब ५६ करोड ३० लाख रूपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ९ करोड ७० लाख आम्दानी घटेको छ ।

कम्पनीका अनुसार भ्वाइस सेवाबाट हुने आम्दानी घट्दा कुल आम्दानी पनि घटेको हो । भ्वाइस सेवाबाट हुने आम्दानी घटेपनि डेटाबाट हुने आम्दानी भने बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको जेठ महिनाको एमआईएस प्रतिवेदन अनुसार एनसेलका १ करोड ६८ लाख १६ हजार ९८५ ग्राहक रहेका छन् ।

यी मध्ये ७० लाख ५३ हजार ९२६ जनाले फोरजी प्रयोग गर्छन् भने १८ लाख ८ हजार ९४७ जनाले थ्रीजी प्रयोग गर्दै आएका छन् । नेपालमा एनसेलले कुल टेलिफोन बजारको ४०. ३२ प्रतिशत बजार हिस्सा ओगटेको छ ।