कीवर्डहरू -

सीजी नेटले अब आईपीटिभी पनि उपलब्ध गराउने, यस्तो छ शुल्क 

सीजी नेटले अब आईपीटिभी पनि उपलब्ध गराउने, यस्तो छ शुल्क 

सीजी नेटले अब आईपीटीभी सेवा पनि उपलब्ध गराउने भएको छ । यसअघि इन्टरनेट सेवा मात्रै उपलब्ध गराइरहेको कम्पनीले अब आईपीटीभी पनि उपलब्ध गराउने भएको हो ।

यससँगै सीजी नेटले इन्टरनेट र आईपीटिभीसहित ‘सीजी नेट जोडी’ अफर पनि ल्याएको छ । यस अन्तर्गत स्प्रिन्टर जोडी, पपुलर जोडी र रकस्टार जोडी गरी तीन वटा योजना समावेश गरिएको छ ।

स्प्रिन्टर जोडी योजना अन्तर्गत ८० एमबीपीएसको इन्टरनेट र आईपीटीभीको मासिक शुल्क ८१० रूपैया तोकिएको छ ।

त्यस्तै पपुलर जोडी योजनामा १५५ एमबीपीएसको इन्टरनेट र आईपीटिभीको मासिक शुल्क १०५५ रूपैयाँ तोकिएको छ भने रकस्टार जोडीमा ३०५ एमबीपीएसको इन्टरनेट र आईपीटिभीको मासिक शुल्क १३७४ रूपैयाँ कायम गरिएको छ ।

त्यस्तै यी प्याकेज तीन महिनाका लागि र एक वर्षका लागि पनि जडान गर्न सकिने छ । १२ महिनाको इन्टरनेट जडान गर्दा राउटर पनि निःशुल्क पाइने छ । आईपीटिभी जडान ३ महिना र १२ महिनाको योजनामा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आईपीटिभीको सेटअप बक्सको शुल्क २६०० रूपैयाँ तोकिएको छ । यसका साथै सीजी नेटले ‘सीजी ग्राण्ड जोडी’ अफर पनि ल्याएको छ ।

यस अन्तर्गत २५ हजार ४९९ रूपैयाँमा ३२ इन्चको  सीजी टिभी, ८० एमबीपीएसको इन्टरनेट र आईपीटीभी उपलब्ध हुनेछ ।

त्यसैगरी ३५ हजार ९९९ रूपैयाँमा ४३ इन्चको सीजी टिभी, ८० एमबीपीएसको इन्टरनेट र आईपीटीभी उपलब्ध हुने कम्पनीले जनाएको छ ।