कीवर्डहरू -

‘मेयर उपमेयर हराएको’ भन्दै फेसबुकमा पोष्ट गर्ने विद्यार्थी पक्राउ

‘मेयर उपमेयर हराएको’ भन्दै फेसबुकमा पोष्ट गर्ने विद्यार्थी पक्राउ

सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको  भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले बताए ।

प्रहरीका अनुसार बिमलीलाई आइतवार  दिउसो घरबाटै नियन्त्रणमा लिईएको हो । आवश्यक कारबाहीका लागि बिमलीलाइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको  भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए ।  बिमली  दमकमा आइटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ । गोरखापत्र