कीवर्डहरू -

सिड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत सिंगापुरमा हुने बुटक्याम्पमा छनोट भयो नेपाली टिम 

सिड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत सिंगापुरमा हुने बुटक्याम्पमा छनोट भयो नेपाली टिम 

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक फर गुड एक्सिलेटर बुटक्याम्पमा नेपाली टिम सहभागी भएको छ । अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टेक फर गुड बुटक्याम्पमा नेपाली टिम छनोट भएको हो ।

उक्त बुटक्याम्पमा एशिया प्यासिफिक क्षेत्रबाट नेपालसँगै अन्य ६ देशका टिम पनि सहभागी भएका छन् । अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा आयोजना भएको थियो ।

बैंककमा १६ देशका २४ टिम सहभागी भएका थिए तर ती मध्ये ७ टिममात्रै सिंगापुरमा हुने बुटक्याम्पका लागि छनोट भएका थिए । उक्त क्याम्पबाट विद्यार्थीहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावेले बनाएको बेस स्टेशनको भ्रमणमा जाने छन् ।

नेपालबाट सिड्स फर द फ्युचरका लागि काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्राज्ञिक मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वपः ईन्जिनियरिङ कलेजका जतिन भुसाल ,पुल्चोक क्याम्पसका रिया बैद्य र नदिका पौडेल तथा अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोटमा परेका थिए ।

थाइल्याण्डको कार्यक्रममा विद्यार्थीहरूले फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा ज्ञान हासिल गरेका थिए ।

सिड्स फर फ्युचर कार्यक्रम लामो इतिहास बोकेको कर्पोरेटस्तरको ह्वावेको फ्ल्यागशिप सिएसआर परियोजना हो । आईसीटी प्रतिभाहरूलाई प्रेरित गर्न र डिजिटल सोलुसनमार्फत सामाजिक चुनौतीहरूको सामना गर्न प्रोत्साहित गर्न थाइल्यान्डमा यो कार्यक्रम २००८ मा सुरु गरिएको थियो ।

२०२१ को अन्त्यसम्ममा यो कार्यक्रम १३७ देशका लगभग ५०० भन्दा बढी विश्वविद्यालयका १२ हजार विद्यार्थीहरूलाई फाइदा पुर्‍याएको छ ।