कीवर्डहरू -

सिटी एक्सप्रेसको दशैंतिहार लक्षित अफर, पैसा पठाउँदा ५ तोला सुन जित्न सकिने

सिटी एक्सप्रेसको दशैंतिहार लक्षित अफर, पैसा पठाउँदा ५ तोला सुन जित्न सकिने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको छ ।  यो अफर ६३ दिनसम्म चल्ने छ । अफरको नाम ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ नाम दिइएको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस ‘विदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो’ अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने भने कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन् ।